सहकारीहरूको समस्या समाधान गर्न उप-समिति गठन

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीहरूमा देखिएको समस्या समाधान र त्यसको उपाय खोज्न उप–समिति गठन गरेको छ ।

उप–समितिले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि अधिकतम पहल गर्नेछ ।

महासंघको बिहीबार बसेको बसेको बैठकले महासंघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीको संयोजकत्वमा उप–समिति गठन गर्ने निर्णय गरेको छ ।

उप–समितिले समस्या उन्मुख संस्थाहरूको स्थलगत अध्ययन, विश्लेषण, समन्वय गर्ने जिम्मेवारी समेत पाएको छ ।

उप–समितिको सदस्यहरूमा महासंघका संचालकद्वय डिवी बस्नेत, राजेन्द्र पौडेल, नेफ्स्कून, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, बागमती प्रदेश सहकारी संघका प्रतिनिधि रहेका छन् ।

महासंघले स्वनियम र स्वमूल्यांकनको विधिलाई मजबुत बनाउन समितिको स्वमूल्याङ्कन फारम तयार गरेको छ ।

Published : Friday, 2022 December 2, 10:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया