काठमाडौंमा ब्यूरोद्वारा बराललाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंमा ५३ वर्षीय नारायणसिंह बराललाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले बिहीबार बराललाई डिल्लीबजारबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकिङ कसूर मुद्दाका फरार बराल काठमाडौं महानगरपालिका–३० डिल्लीबजारमा बस्दै आएका थिए ।

सिन्धुलीको सुनकोशी गाउँपालिका– ६ घर भएका बरालविरुद्ध उच्च अदालत पाटनको २०७९ भदौ ७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३० लाख रूपियाँ जरिवाना र १० दिन कैद सजाय ठहर गरेको थियो । फैसलापछि बराल फरार रहेका थिए ।

बरालले २०७७ चैत ५ गते हिमालयन बैंक लिमिटेड डिल्लीबजार शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

Published : Friday, 2022 December 2, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया