सेनाद्वारा हतियारसहित मानिस पक्राउ

काठमाडौं । नेपाली सेनाले बर्दियामा एक जनालाई हतियारसहित पक्राउ गरेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारीसहितको संयुक्त गस्ती टोलीले बुधबार पक्राउ गरेको विज्ञप्तिमार्फत सेनाले जनाएको छ ।

ती व्यक्ति बाँसगढी नगरपालिका–८ स्थित बनगाँई ईलाकाबाट लुकाई राखेको अवस्थामा पक्राउ गरिएको थियो ।

सेनाले आवश्यक कारवाहीको लागि ती व्यक्तिलाई बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयलाई बुझाएको छ ।

सेनाले भरुवा बन्दुक नाल–१, भरुवा बन्दुकको जगेडा ब्यारोल गोटा–१, भरुवा बन्दुकको बारुद भर्ने गज गोटा–१, बारुद–१५ ग्राम, डेटोनेटर गोटा–८ वटा बरामद भएको छ ।

भरुवा बन्दुकको केप गोटा–२१, भरुवा बन्दुकमा प्रयोग हुने ठूलो छर्रा गोटा–६५, भरुवा बन्दुकमा प्रयोग हुने सानो छर्रा गोटा–४५०, भरुवा बन्दुकमा प्रयोग हुने गोली गोटा–१७५ बरामद गरेको छ ।

Published : Thursday, 2022 December 1, 5:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया