यी हुन् दश हजारभन्दा धेरै मतअन्तरले जित्ने कांग्रेसका नेताहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १२ जना नेताहरूले प्रतिनिधि सभामा दश हजारभन्दा धेरै मतको अन्तरले जित हासिल गरेका छन् ।

निर्वाचन आयोगको सोमबार बिहानसम्मको अन्तिम नतिजाअनुसार प्रधानमन्त्री कांग्रेस सभापति देउवाले आफ्ना प्रतिद्वन्द्वी १२४९२ मतअन्तरबाट पराजित गरेका छन् ।

देउवाले २५५३४ मत पाएका छन् । एमालेका समर्थनमा उम्मेदवार बनेका स्वतन्त्रका सागर ढकालले १३०४२ मतसहित पराजित भएका छन् ।

सिन्धुपाल्चोक २ बाट मोहनबहादुर बस्नेतले आफ्ना प्रतिद्वन्द्वी एमालेका शेरबहादुर तामाङलाई ११८७४ मतको अन्तरले पराजित गरेका छन् ।

बस्नेतले ३९३६७ मत पाएर विजयी भएका हुन् । एमालेका तामाङले २७४९३ मतसहित पराजय भोगेका छन् ।

रामेछापमा कांग्रेस सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले आफ्ना प्रतिद्वन्द्वीलाई १६३६९ मतको अन्तरले पराजित गरेका छन् । तामाङले ४७०९९ मतसहित जित हातपारेका छन् । एमालेका कैलाशप्रसाद ढुंगेलले ३०७३० मतसहित पराजय भोगेका छन् ।

धादिङ २ मा कांग्रेस सभापति रामनाथ अधिकारीले आफ्ना प्रतिद्वन्द्वीलाई १०५१७ मतसहित पराजित गरेका छन् । अधिकारीले ३४६५९ मत पाएका छन् । एमालेका खेमप्रसाद लोहनले २४१४२ मतसहित पराजय भोगेका छन् ।

नुवाकोट २ मा कांग्रेस नेता अर्जुन नरसिंह केसीले आफ्ना प्रतिद्वन्द्वीलाई ११६३० मतको अन्तरसहित पराजय भोगेका छन् ।

नेता केसीले २८१०७ मतसहित जित हातपारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनबिक्रम पाण्डे १६४७७ मतसहित पराजित भएका छन् ।

गोरखा २ मा कांग्रेसका राजेन्द्र बजगाइँले आफ्ना प्रतिद्वन्द्वीलाई १६६७० मतको अन्तरबाट पराजित गरेका छन् ।

बजगाइँले ३३४२८ मत पाएका छन् । पराजित भएका एमाले रामशरण बस्नतले १६७५८ मत पाएका छन् ।

मोरङ ६ मा कांग्रेसका सुनिल शर्माले आफ्ना प्रतिद्वन्द्वीलाई २२७१६ मतको अन्तरबाट हराएका छन् ।

शर्माले ४८६१३ मतसहित जित हातपारेका छन् । एमालेका भानुभक्त ढकालले २५८९७ मत पाएर पराजित भएका छन् ।

मोरङ ६ मा कांग्रेस नेता शेखर कोइरालाले १४३४७ मतको अन्तरबाट प्रतिद्वन्द्वीलाई हराएका छन् । कोइरालाले ३५७३९ मत पाएका छन् । एमालेका नेता लालबाबु राउतले २१३९२ मतसहित पराजय भोगेका छन् ।

झापा १ मा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्ना प्रतिद्वन्द्वीलाई १४४१५ मतको अन्तरबाट हराएका छन् । शर्माले ३९७६४ मतसहित जित हातपारेका छन् । एमालेका अग्नि खरेलले २५३४९ मतसहित पराजय भोगेका छन् ।

सुर्खेत १ मा कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले आफ्ना प्रतिद्वन्द्वीलाई ११६१९ मतको अन्तरले हराएका छन् ।

खड्काले ४२६०७ मतसहित जित हातपारेका छन् ।

एमालेका उम्मेदवार ध्रुबकुमार शाहीले ३०९८८ मतसहित पराजय भोगेका छन् ।

कञ्चनपुर ३ मा कांग्रेसका रमेश लेखकले आफ्ना प्रतिद्वन्द्वीलाई १२०९० मतको अन्तरले हराएका छन् । लेखकले ३०७५ मत पाएका छन् । लेखकका प्रतिद्वन्द्वी एमालेकी निरुदेवी पालले १८४८५ मतसहित पराजित भएकी छिन् ।

Published : Monday, 2022 November 28, 1:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया