प्रदीप पौडेलले नेता प्रकाशमान सिंहसँग आशीर्वाद लिए

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई भेटेर प्रदीप पौडेलले आशीर्वाद लिएका छन् ।

सोमबार बिहान काठमाडौंको ठमेलस्थित निवासमा पौडेलले नेता सिंहसँग भेट गरेका हुन् । नेता सिंहले पौडेललाई काठमाडौं ५ मा प्राप्त सफलताप्रति शुभकामना समेत दिएका छन् ।

काठमाडौं ५ बाट प्रतिनिधि सभामा निर्वाचित भएका केन्द्रीय सदस्य पौडेलले निर्वाचित भएका थिए । उनले पार्टीका शीर्ष नेताहरूसँग भेट गरेर आशीर्वाद लिने र कसरी अगाडि बढ्ने भन्नेबारमा परामर्श गर्दै आएका छन् ।

पौडेलले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई काठमाडौं ५ मा पराजित गरेर प्रतिनिधि सभामा जित हातपारेका छन् ।

पौडेलले प्रतिनिधि सभाको यात्रा पहिलो पटक शुरु गरेका छन् । पौडेलको जितपछि कांग्रेसका युवाहरूमा उत्साह पलाएको छ ।

Published : Monday, 2022 November 28, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया