आयोगका अध्यक्ष अन्सारी र कतार च्यारिटीका निर्देशकबीच भेटवार्ता

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कतार च्यारिटीका प्रमुख अन्तर्राष्ट्रिय निर्देशकसँग शिष्टाचार भेट गरेका छन् ।

कतारमा भएको भेटवार्तामा दुई देशको मित्रता अझै मजबुत बनाउने विषयमा परामर्श भएको छ ।

अध्यक्ष अन्सारीसँग कतारले च्यारिटीमार्फत नेपाललाई सदैव सहयोग गर्ने निर्देशकले धारणा राखेका छन् ।

नेपाललाई अझै मजबुतीका साथ विकास, शिक्षा, स्वास्थ्य र रोजगारमा मद्दत र सहयोगका विषयमा समेत छलफल भएको छ ।

नेपाल र कतारको आपसी चासो र सहयोगको विषय र दुई देशबीच रहिआएको असल सम्बन्ध आगामी दिनमा अझै सुदृढ हुने विश्वास रहेको अध्यक्ष अन्सारीले बताएका मछन् ।

Published : Thursday, 2022 November 24, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया