रवि लामिछानेको पार्टीबारे ओलीको बबाल खुलासा

दमक । एमाले अध्यक्ष खड्गप्रसाद ओलीले राष्ट्रिय राजनीतिमा स्वतन्त्र पार्टी उदाउनु मामुली कुरा भएको बताएका छन् ।

बिहीबार झापाको भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मिडियाबाट उदाएको टिप्पणी गरेका हुन् । उनले भने, ‘स्वतन्त्र पार्टी मिडियाको कृपाले उदाएको हो, यो ठूलो कुरा होइन ।’

स्थापनाको हिसाबले सबैभन्दा कान्छो पार्टीका रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय राजधानीमै ठूला भनिएका पार्टीहरूलाई धक्का दिएको छ ।

काठमाडौं उपत्यकाका १५ मध्ये ५ मा रवि लामिछानेको पार्टीले जित हातपारेको छ ।

काठमाडौं–२ बाट सोबिता गौतम, काठमाडौ–६ बाट शिशिर खनाल, काठमाडौं–७ बाट गणेश पराजुली, काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठले जितेका छन् ।

ललितपुर–३ मा रास्वपा उम्मेदवार डा.तोसिमा कार्की विजयी भएकी छिन् । रवि लामिछानेको चितवन २ मा जित सुनिश्चित छ ।
समानुपातिकतर्फ पनि रास्वपा तेस्रो स्थानमा रहेको छ ।

यसैबीच, ओलीले निर्वाचनपछि मुलुकमा थप अस्थिरता पैदा हुने घोषणा गरेका छन् । उनले निर्वाचनले मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने आशा गरिएपनि त्यसो हुन नसकेको बताएका छन् ।

ओलीले निर्वाचन परिणामले सुरुवातदेखि नै दल तथा सांसदहरूको मोलमोलाई सुरु हुने बताएका छन् ।

‘निर्वाचनपछि मुलुकमा स्थिर सरकार बन्छ’, उनले भने, ‘मुलुकले एउटा दिशा पाउछ भन्ने आशा थियो । तर, त्यसो भएन ।’

‘अहिलेसम्मको परिणामले कुनै पनि दलको बहुमत नपुग्ने भयो’, उनले भने, ‘यसले निर्वाचनपछिको सरकार बनाउनै मुस्किल हुने अवस्था छ । फेरिपनि सुरुदेखि नै दलहरूको मोलतोल र सांसदहरूको भाउ कसेर किनबेच चल्ने भयो ।’

दलहरूले मतदाताको भावना र चाहनालाई सम्बोधन गर्न नसक्दा केही दल तथा सांसद भाग्यवस संसदको यात्रा तय गर्न सफल भएको ओलीले बताएका छन् ।

ओलीले अब बन्ने सरकारले फेरिपनि मुलुक र जनताको लागि काम गर्न नसक्ने बताएका छन् ।

‘बहुमतको सरकार नबन्ने भएपछि दलहरू आफ्नो सरकार जोगाउन सांसदको मोलतोल, लेनदेन र भागबन्डामै लाग्दा ठीक्क हुन्छ’, उनले भनेका छन् ।

उनले अब सरकार बनाउन र जोगाउन योग्यताभन्दा पनि टाउका हेरेर मोलतोल गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।

एमालेका अध्यक्ष ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

Published : Thursday, 2022 November 24, 5:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया