रेखा शर्मासँग पराजित भएपछि शंकर पोखरेलले यस्तो कुरा लेखे

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो लज्जास्पद हारलाई स्वीकार गरेका छन् ।

बिहीबार बिहान दाङ २ बाट प्रतिनिधि सभामा माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग पोखरेल १९६ मतले पराजित भएका थिए ।

पराजित भएका पोखरेलले एकछिनमा फेसबुकमा स्टाटस लेखेर आफ्नो हार स्वीकार गरेका हुन् । उनले आफूलाई हाउने महिला नेतृ रेखा शर्मालाई बधाइ दिएका छन् ।

महासचिव पोखरेलले लेखेका छन्, ‘मसंगको प्रतिस्पर्धामा विजयी हुनु भएकोमा रेखा शर्मालाई बधाई । गठबन्धनसंगको एक्लो प्रतिस्पर्धामा मतदाता र शुभेच्छुकहरुले देखाउनु भएको सदभाका लागि सदैव आभारी रहने छु ।’

पराजित भएका पोखरेलले प्रदेशमा एक पटक जितेका थिए । त्यो पनि माओवादीसँग गठबन्धन गरेर । अहिले आएर गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गरेको भनेर गोहीको आँशु झारेका छन् ।

महासचिव पोखरेलको दल एमालेले सीके राउतको जनमत पार्टी, कमल थापाको राप्रपा नेपाल, उपेन्द्र यादवको जसपालगायतका दलहरूसँग गठबन्धन गरेको कुरा आफ्नो स्टाटसमा लेखेका छैनन् ।

२०७४ को निर्वाचनमा पनि नेपाली कांग्रेस एक्लै प्रतिस्पर्धा गरेको थियो ।

महासचिव पोखरेल दाङमा लोकप्रिय छैनन् । उनलाई विगतमा धेरै पटक आफूभन्दा सामान्य प्रतिस्पर्धीहरूले हराएर धुलो चटाइसकेका छन् ।

मण्डलेहरूलाई बोकेर टिकट दिने, पार्टीभित्रका राम्रा र असल नेतालाई टिकट नदिने, व्यापारी, ठेकेदार आदिलाई पछि लगाएका कारण पोखरेलले लज्जास्पद हार व्यहोर्नुपरेको छ ।

Published : Thursday, 2022 November 24, 11:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया