तनहुँ २ मा रामचन्द्र पौडेल ५ हजाभन्दा धेरै मतअन्तरले विजयी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ५ हजारभन्दा धेरै मतले प्रतिद्वन्द्वीलाई हराउँदै विजयी भएका छन् ।

बिहीबार सार्वजनिक भएको मतपरिणामको अन्तिम नतिजाअनुसार पाण्डेलले तनहुँ १ बाट २५ हजार ३१८ मतसहित निर्वाचित भएका हुन् ।

एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याएर पराजित भएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन् ।

Published : Thursday, 2022 November 24, 10:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया