कांग्रेसको साथ पाएपछि प्रचण्डको शानदार जित, गोरखाले न्याय दियो


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल गोरखा २ बाट अत्याधिक मतअन्तरसहित निर्वाचित भएका छन् ।

बिहीबार बिहान सार्वजनिक अन्तिम नतिजाअनुसार दाहाल २६ हजार १ सय ३ मतसहित विजयी बनेका हुन् ।

अध्यक्ष दाहालका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याएर पराजित बनेका छन् ।

एमालेका अब्दुस मियाँ तेस्रो स्थान हातपारेका छन् । मियाँले ७ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् ।

अध्यक्ष दाहाल विजयी बने पनि निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गरिसकेको छैन ।

गोरखा २ मा ५४ हजार ३१ मत खसेको थियो । खसेको मतमध्ये ५० हजार ९ सय ७ सदर भएको थियो । ३ हजार १ सय २४ मत बदर भएको थियो ।

Published : Thursday, 2022 November 24, 10:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया