ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडाले अग्रता लिए

काठमाडौं । ओखलढुंगामा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले प्रारम्भीक अग्रता लिएको छ ।

प्रतिनिधि सभाअन्तर्गत सोमबार राति साढे १० बजेबाट ओखलढुङ्गाको मतगणना शुरु भएको छ ।

लिखु गाउँपालिकाको वडा नं. १ र २ को मत गणना भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले ५६४ मतसहित अग्रता लिएका छन् ।

एमालेका उम्मेदवार यज्ञराज सुनुवारले ५२० मत पाएका छन् ।

कांग्रेसका उम्मेदवार खतिवडाले ४४ मतको अन्तरले अग्रता लिएका छन् ।

Published : Monday, 2022 November 21, 10:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया