‘पुष्पा’को सिक्वेल छायाँकन नहुँदै रेकर्ड ब्रेक

मुम्बई । भारतीय फिल्म ‘पुष्पा : द राइज’को सिक्वेलको निर्माताले विदेशी राइट्स अधिकारको लागि महंगो मूल्य तोकेका छन् ।

‘पुष्पा २’ का निर्मातालाई यस फिल्मबाट धेरै फाइदा हुुने देखिएको छ ।

निर्माताले ‘पुष्पा : द रुल’को विदेशी राइट्स ८० करोड भारुभन्दा बढी तोकेका छन् ।

सोही मूल्यमा बिक्री भयो भने ‘पुष्पा २’ ले प्रदर्शनभन्दा पहिला नै एसएस राजामौलीको फिल्म ‘आरआरआर’को रेकर्ड तोड्नेछ ।

‘आरआरआर’को विदेशी राइट्स ७० करोड भारुमा बिक्री भएको थियो ।

‘पुष्पा २’ ले बक्स अफिसमा पनि राम्रो कमाइ गर्ने फिल्मकर्मीको आशा छ ।

‘पुष्पा २’ आगामी हप्ता छायांकनमा जाने तयारीमा छ । फिल्मको टिजर छायांकन भइसकेको छ ।

फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ ।

सुकुमारले निर्देशन गरेको फिल्म ‘पुष्पा : द राइज’ १७ डिसेम्बरमा प्रदर्शन भएको थियो । एजेन्सी

Published : Thursday, 2022 November 10, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया