नायिका प्रियंकाविरुद्ध लखनउमा विरोध प्रदर्शन

मुम्बई । बलिउड नायिका प्रियंका चोपडाविरुद्ध भारतको लखनउमा विरोध प्रदर्शन भएको छ ।

प्रियंका अमेरिकाबाट तीन वर्षपछि भारत फर्किएकी हुन् । प्रियंकाले मुम्बईमा एक हेयर प्रोडक्टको प्रमोसन गरिरहेकी छिन् ।

प्रियंका लखनउमा छिन् । लखनउमा प्रियंका अलग–अलग स्थान पुगेर बच्चाहरूसँग भेटघाट गरिरहेकी छिन् ।

लखनउको गोमतीनगरमा प्रियंकाको पोस्टर टाँसिएका छन् । हरेक पोस्टरमा रातो रंगले क्रस गरिएको छ ।

‘तिमीलाई नवाबको सहरमा स्वागत छैन’, प्रियंकाविरुद्ध पोस्टरमा लेखिएको छ । लखनउमा प्रियंकाको किन विरोध भइरहेको छ भन्ने विषयमा सबै अन्योलमा छन् ।

प्रहरीले पनि के कारणले विरोध भइरहेको छभन्ने विषयमा अनुसन्धान गरिरहेको छ । प्रियंका मुम्बईमा प्रमोसनपछि युनिसेफको कार्यक्रमका लागि लखनउ पुगेकी हुन् ।

त्यहाँ उनी दुई दिन बस्नेछिन् । प्रियंका लखनउको लोक बन्धु अस्पताल र वन स्टप सेन्टरको १८१ महिला हेल्पलाइन जानेछिन् । एजेन्सी

Published : Thursday, 2022 November 10, 12:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया