कलाकार समाजको अध्यक्षमा संगीतकार सापकोटा चयन

काठमाडौं । नेपाली कलाकार समाजको अध्यक्षमा संगीतकार केशव सापकोटा सर्वसम्मत चयन भएका छन् ।

कलाकार तथा प्राविधिहरूको हकहित र संरक्षणको लागि समाज गठन भएको हो । अध्यक्षमा चयन भएका सापकोटा जनता डिजिटल प्रालिका सञ्चालक पनि हुन् ।

अध्यक्ष सापकोटाले आफ्नो प्रमुख उद्देश्य भनेको ५५ वर्ष पुगेका कलाकार तथा प्राविधिकहरूलाई सरकारसँग निर्वाहमुखी भत्ताको लागि पहल गर्नु रहेको बताएका छन् ।

संस्थाको ७ वटा प्रदेशमा प्रदेश प्रमुख, प्रत्यक जिल्लामा जिल्ला अध्यक्ष, विदेशका १२० वटा देशमा विदेश विभाग प्रमुख रहने छन् । समाजको उपाध्यक्षमा गायत्री थापा सर्वसम्मत चयन भएकी छिन् ।

समाजको जापानको अध्यक्षमा भुवन सापकोटा, कर्णाली प्रदेश प्रमुखमा राजु सुनाम, गुल्मी जिल्ला अध्यक्षमा बासुदेव पोख्रेल, नवलपरासी जिल्ला अध्यक्षमा तीर्थ सापकोटा, सुदूरपश्चिम प्रदेश अध्यक्षमा करण चैसिर, गण्डकी प्रदेश अध्यक्षमा कृष्ण सुबेदी, भौतिक बिभाग प्रमुख सुरेश सिग्देल चयन भएका छन् ।

स्वास्थ सेवा बिभाग प्रमुख टेकनारायण चापागाइँ, अभिनय बिभाग सनम कठायत, नेपाली समाज दुबईको अध्यक्षमा महेन्द्र बिश्वकर्मा, नेपाली समाज अमेरिकाको अध्यक्षमा विमलराज पौडेल, प्रचार प्रसार बिभाग प्रमुखमा समिर नेपाल र निर्मला पौडेललाई जिम्मेवारी दिएको छ ।

काभ्रेपलाञ्चोकको प्रमुखमा मुकेश हुमागाइँ, अछाम प्रमुखमा अभिषेक खड्का, धादिङ प्रमुख महिलामा कविता तोलांगी, युवा बिभागमा सुवाश शर्मा, सामाजिक विकाश प्रमुखमा टीका भुजेललाई जिम्मेवारी दिइएको छ ।

Published : Wednesday, 2022 November 9, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया