गायिका पलकले विवाह गरिन्

मुम्बई । भारतीयकी चर्चित गायिका पलक मुछालले विवाह गरेकी छिन् ।

पलकले संगीतकार मिथुनसँग विवाह गरेकी हुन् । नोबेम्बर ४ गतेदेखि दुवैको विवाहको कार्यक्रम सुरू भएको थियो ।

उनीहरूको नोभेम्बर ६ मा विवाह सम्पन्न भएको थियो ।

यो विवाहमा जोडीका परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी भएका थिए ।

पलक र मिथुनले विवाहको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

तस्बिरहरू सेयर गर्दै लेखेका छन्, ‘आजबाट हामी दुवै सधैंका लागि एक भएका छौं ।’

उनीहरूको मागी विवाह भएको छ । उनीहरूले साँगीतिक क्षेत्रमा सँगै काम गरिसकेका छन् ।

दुवैको विवाह पारिवारिक साथीभाइले तय गरेका थिए ।

पलकका आमाबुवाले मिथुन र उनको परिवारलाई भेटेपछि सम्बन्ध अझै गहिरिएको थियो ।

Published : Tuesday, 2022 November 8, 1:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया