अष्ट्रिच चराका अनौठा कुराहरू

काठमाडौं । अष्ट्रिच चरा उड्न सक्दैन । यो चरा प्रजातीमा जीवित रहेका मध्ये सबैभन्दा ठूलो मानिन्छ ।

अष्ट्रिचले अन्य जीवित चरा प्रजातिका तुलनामा सबैभन्दा ठूलो अन्डा दिन्छ । अष्ट्रिच चराको आँखा उसको दिमागभन्दा ठूलो हुन्छ । यसको आँखा लगभग २ ईञ्चसम्मको हुन्छ ।

अष्ट्रिच ९ फिट अग्लो हुन्छ । यो १ सय ५० किलो ग्रामसम्मको हुन्छ ।

अष्ट्रिचको अन्डा पाक्न आधा घन्टाभन्दा बढी समय लाग्छ । यसले वर्षमा करिव ५० वटा अन्डा दिन्छ ।

अष्ट्रिच चरा लगभग ७० वर्षसम्म बाँच्छ । यसको दाँत हुँदैन । पाचन शक्ति मजबुत भएका कारण घाँस, कीरा फट्याँग्राहरूलाई यसले सोझै निल्दा पनि राम्रोसँग पचाउँछ ।

जंगली अस्ट्रिच अफ्रिकाको सवाना क्षेत्रमा पाइन्छन् । पहिले एसियामा पनि पाइन्थे । धेरै सिकारी बढेपछि एसियाका अस्ट्रिच घट्दै गएका हुन् ।

अष्ट्रिचको पँखेटा भए पनि उड्न सक्दैन । अष्ट्रिचले दौडँदा सन्तुलन बनाउन पँखेटाको प्रयोग गर्छ ।

त्यसका साथै नृत्य गर्दा तथा घामबाट बच्न पनि यसले पँखेटाको प्रयोग गर्छ । यो चरालाई पानी खान जरुरत नै पर्दैन ।

आफूले खाएका घाँसबाट नै पानीको मात्रा यसले पुर्‍याउँछ । अष्ट्रिचलाई खाएको भोजन पचाउन लगभग ३६ घन्टा लाग्छ ।

अष्ट्रिच ५० देखि ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा दौडन सक्छ । अधिकांश चराको ३ वटा औंला हुन्छन् । अष्ट्रिचको खुट्टामा भने दुईवटा मात्रै औंला हुन्छन् ।

अष्ट्रिच चराले लगभग ३ किलोमिटर टाढाको वस्तुलाई पनि यसले सजिलै देख्न सक्छ ।

Published : Wednesday, 2022 November 2, 10:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया