द भ्वाइसको नकआउट राउण्ड नेपाली मूलकी बास्तोलाले जितिन्

न्युयोर्क । नेपाली मूलकी १७ वर्षीया परिजिता बास्तोलाले ‘द भ्वाइस’को नकआउट राउण्ड जितेकी छिन् ।

बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’को नकआउट राउण्ड जितेर माथि उक्लिएकी छिन् ।

कोच जोन लिजेन्डको तर्फबाट प्रस्तुति दिएका भालारी हार्डिङ र पेटन एल्ड्रिजलाई बास्तोलाले हराएकी छिन् । उनले त्यसपछि नकआउट राउण्ड जितेकी हुन् ।

बास्तोलाले नकआउट राउण्डमा एट्टा जेम्सको ‘आई वुड ¥यादर गो ब्लाइन्ड’ बोलको गीत गाएकी छिन् ।

राम्रो प्रस्तुति दिएको भन्दै कोच जोनले तीन जनामध्ये उनलाई छनोट गरेका हुन् ।

उनले ब्याटल राउण्डदेखि नै कोचहरूको मन जितिरहेकी छिन् ।

सानो उमेरमा राम्रो प्रस्तुति दिन सक्ने भन्दै कोचहरूले उनको तारिफ गरेका छन् ।

बास्तोलाले ब्लाइन्ड अडिसन गायक ल्याब्रिन्थको ‘जेलस’ बोलको गीत गाउँदै चारै जना कोचको कुर्सी घुमाएकी थिइन् भने ब्याटल राउण्डमा द मेरिलाइन्ड अन द बी गीजका दुई युवतीसँग डुअल प्रस्तुति दिएका थिए ।

उनीहरू तीन जनाले ‘हाउ डीप इज योर लभ’ बोलको गीत गाएका थिए ।

गायन रियालिटी शो ‘द भ्वाइस’ अमेरिकाको एनबिसी टेलिभिजनबाट प्रसारण भइरहेको छ ।

Published : Wednesday, 2022 November 2, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया