प्यूठानमा कांग्रेसका रोज राणालाई स्वतन्त्रको समर्थन, केसीले उम्मेदवारी फिर्ता लिए

काठमाडौं । प्यूठान जिल्लामा स्वतन्त्र उम्मेदवार माधब केसीले नेपाली कांग्रेसका उम्मेदवार रोज राणालाई सहयोग गर्ने निर्णय गरेका छन् ।

बुधबार प्यूठानमा राणा र केसीबीच भएको सहमतिमा प्रदेश सभा २ तर्फ राणालाई केसीले सहयोग गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । राणाले प्यूठानमा जबरजस्त रुपमा प्रचार प्रसारलाई अगाडि बढाएका छन् ।

प्यूठानको प्रदेश सभा २ मा कांग्रेसबाट राणाले उम्मेदवारी दिएका छन् । केसीले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

राणासहित प्यूठान कांग्रेस सभापति विष्णु गिरीलगायतको पहलमा केसीले स्वतन्त्रबाट उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

केसीको उम्मेदवारी फिर्ताले सत्तागठबन्धनलाई प्यूठानमा जितका लागि सहज भएको छ ।

प्यूठानमा सत्तागठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले प्रतिनिधि सभामा उम्मेदवारी दिएकी छिन् ।

प्रदेश सभा १ मा माओवादी केन्द्रका कृष्ण अधिकारी र २ मा कांग्रेसका क्षेत्रीय सभापति राणाले उम्मेदवारी दिएका छन् ।

Published : Wednesday, 2022 November 2, 2:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया