ललितपुर-१ मा सत्तागठबन्धनका उम्मेदवारलाई शिक्षकहरूको समर्थन

काठमाडौं । ललितपुरका शिक्षकहरूले सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउने प्रतिवद्धता जनाएका छन् ।

बुधबार ललितपुरको क्षेत्र नं. १ को चापागाउँमा आयोजित अन्तरक्रिया कार्यक्रममा शिक्षकहरूले सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नोतर्फबाट भूमिका खेल्ने उल्लेख गरेका हुन् । शिक्षकहरूले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले मात्रै मुलुकलाई निकास दिने, संविधान र लोकतन्त्रको रक्षा गर्ने जनाएका छन् ।

कार्यक्रममा नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन निकटका शिक्षकहरूको सहभागिता रहेको थियो ।

ललितपुर–१ को प्रतिनिधि सभातर्फ कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणा, प्रदेश सभा निर्वाचन क्षेत्र १ तर्फ माओवादी केन्द्रका नेता हरि दाहाल र प्रदेश सभा २ मा कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले उम्मेदवारी दिएका छन् ।

राणा, दाहाल र महर्जनलाई अत्याधिक मतसहित विजयी बनाउन आफूहरूको तर्फबाट सबै सहयोग गर्ने शिक्षकहरूले प्रतिबद्धता जनाएको प्रदेश सभातर्फ २ का उम्मेदवार मीनकृष्ण महर्जनले बताएका छन् ।

Published : Wednesday, 2022 November 2, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया