छत्रदेवमा एमालेको पाइप प्रहरीद्वारा कब्जा, मतदाता किन्ने हर्कतको भण्डाफोर

सन्धिखर्क । एमालेले अर्घाखाँची जिल्लामा मतदातालाई प्रभावित पार्ने उद्देश्यले बाड्न लागेको पाँच रोल पाइप प्रहरीले बरामद गरेको छ ।

छत्रदेव गाउँपालिका–६, ठूलापोखरामा मतदातालाई बाड्न लागिएको पाइप प्रहरीले बरामद गरेको हो ।

पाइप बाड्न लागेको थाहा पाएपछि प्रहरी त्यसतर्फ गएको थियो ।

प्रहरी गएपछि मानिसहरू भागेका थिए । स्थानीयले एमालेले मतदातालाई वितरण गर्न पाइप ल्याएको प्रहरीलाई उल्लेख गरेका छन् ।

बरामद गरिएको पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताएका छन् ।

एमाले कार्यकर्ताले मतदातालाई पाइप बाड्न लागेको स्थानीयको भनाइ छ ।

अर्घाखाँचीमा एमालेको तर्फबाट प्रतिनिधि सभामा टोपबहादुर रायमाझीले उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतमले उम्मेदवारी दिएकी छिन् । भुसाललाई सत्तागठबन्धनका दलहरूको समर्थन छ ।

सत्तागठबन्धनसँग पराजित हुने डरले आत्तिएको एमाले र रायमाझीले मतदातालाई प्रभावित बनाउन पाइप बाँड्न खोजेको आरोप सत्तागठबन्धनका दलहरूको छ ।

Published : Tuesday, 2022 November 1, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया