कांग्रेसको खेलकुद उप–समितिको भेला आज पोखरामा, भोलि बुटवलमा, डा.महतले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको प्रचार प्रसार समितिअन्तर्गतको निर्वाचन खेलकुद क्षेत्र समन्वय प्रचार प्रसार उपसमितिको भेला पोखरामा हुन लागेको छ ।

मंगलबार दिउँसो १ बजे पोखराको चिप्लेढुंगास्थित पार्टी कार्यालयमा भेटघाट तथा छलफल हुन लागेको हो ।

कार्यक्रममा कांग्रेसका प्रवक्ता एवम् प्रचार प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतको प्रमुख आतिथ्यता र उपसमितिका संयोजक कर्माछिरिङ शेर्पाको विशेष आतिथ्यतामा भेटघाट तथा छलफल हुनेछ ।

गण्डकी प्रदेशमा सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन रणनीति बनाउने उदेश्यका साथ कार्यक्रम हुन लागेको छ ।

बुधबार लुम्बिनी प्रदेशको बुटवलमा उप–समितिको कार्यक्रम हुनेछ । कार्यक्रममा प्रवक्ता डा.महत र उप–समितिका संयोजक शेर्पा सहभागी हुनेछन् ।

यसअघि, उप–समितिले काठमाडौंमा आइतबार विशेष कार्यक्रम राखेको थियो ।

कांग्रेसले खेलकुद क्षेत्रलाई पहिलो पटक निर्वाचन प्रचार प्रसारका लागि जिम्मेवारी दिएको छ । खेलकुद क्षेत्रमा ठूलो मतदाता छन् । उनीहरूको पनि सत्तागठबन्धनलाई जिताउन भूमिका रहनेछ ।

Published : Tuesday, 2022 November 1, 8:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया