सत्तागठबन्धनलाई जिताउन सभापति बानियाँद्वारा समिति गठन, क–कसले पाए जिम्मेवारी ?

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले निर्वाचन परिचालन समिति गठन गरेका छन् ।

मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन सभापति बानियाँले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सोमबार निर्वाचन परिचालन समिति गठन गरेका हुन् ।

सभापति बानियाँले आफ्नै संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ ।

समितिको सह–संयोजक बागमती प्रदेश उप–सभापति चन्द्र महर्जन रहेका छन् ।

महामन्त्री राजु श्रेष्ठ, दीर्घमान श्रेष्ठ, नेताहरू ऋषिराम घिमिरे, जीवन ढंगोल, हरिशरण श्रेष्ठ, जगदिश्वरनरसिंह केसी, मिलनबाबु श्रेष्ठ, बलाराम पौडेललगायतका नेताहरू सदस्य छन् ।

सभापति बानियाँले आफ्नो नेतृत्वमा समिति बनाएर निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवार जिताउन गम्भीरता देखाएका छन् ।

Published : Monday, 2022 October 31, 11:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया