काठमाडौंमा जुवा तास खेल्ने १८ जना पक्राउ

काठमाडौं । प्रहरीले तिहारका बेला काठमाडौंमा जुवा तास खेल्ने १८ जनालाई पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका–७ स्विजरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्ट प्रा.लि.भित्र जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ३१ वर्षीय सुरेन्द्र बिष्ट समेत १८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त रिसोर्टमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८२ हजार ५ सय ९५ रूपियाँ, १५ बुक तास र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Saturday, 2022 October 29, 11:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया