मंसिर-४ पछिको प्रधानमन्त्रीबारे देउवाको बबाल खुलासा

पोखरा । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जो पनि प्रधानमन्त्री बन्न सक्ने बताएका छन् ।

शुक्रबार सत्तागठबन्धनद्वारा पोखरामा आयोजित कार्यक्रम देउवाले भोलिका दिनमा प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्न सक्ने बताए ।

उनले भने, ‘आज शेरबहादुर प्रधानमन्त्री छ, भोलि प्रचण्डजी, माधव नेपालजी हुनुहोला ।’

उनले भने, ‘त्यसकारण यहाँ हिजोको कुरा गरेर काम छैन हेर्नुस् ।’

प्रधानमन्त्री देउवाले एउटै पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्न परेको बताएका छन् ।

‘हामीले अत्यन्त सुन्दर व्यवस्था ल्याएका छौं’, उनले भने, ‘यस व्यवस्थामा सबै पार्टी मिल्न जरूरी छ ।’

‘कुनै एउटा पार्टीको बहुमत आउन सक्दैन’, उनले भने, ‘यस हिसाबले गठबन्धनको आवश्यकता छ ।’

देउवाले सबै ठाउँका भूगोल र जनसंख्याको प्रतिनिधित्व गराउन आफूहरू सफल भएको बताएका छन् ।

सत्तागठबन्धनका उम्मेदवारले जित्न आवश्यक रहेको उनले बताएका छन् ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तागठबन्धनका उम्मेदवारलाई भोट नदिए पाप धुरीबाट कराउने बताएका छन् ।

उनले सत्ता गठबन्धनका नेता तथा कार्यकर्ताले आफ्ना उम्मेदवारलाई भोट नहाले पाप धुरीबाट कराउने बताए ।

दाहालले भने, ‘कुनै पनि पार्टीका नेता, कार्यकर्ता साथीहरू दुविधामा रह्यो, यसलाई भोट हालौं कि नहालौं, नहालौं जस्तो मनमा आयो भने पाप पलाएको बुझिन्छ । पाप धुरीबाट कराउँछ भने जस्तो मनमा पाप पलायो भने अन्तत धुरीबाट कराउँछ ।’

सत्तागठबन्धनले शुक्रबार बुटवलमा पनि कार्यक्रम राखेको छ । कार्यक्रमलाई शीर्ष नेताहरूले सम्बोधन गर्दै सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन अपील गरेका छन् ।

Published : Friday, 2022 October 21, 5:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया