दाङ-१ को प्रदेश ‘१’ तर्फ गंगारामको माहोल बन्न थाल्यो, सरकारी सुविधा खाने कमजोर प्रतिस्पर्धी

लमही । दाङ–१ को प्रदेश सभा क्षेत्र नं. ‘१’मा उम्मेदवार बनेका एमालेका युवा नेता गंगाराम भट्टराईले आफूलाई मतदान गर्न अपील गरेका छन् ।

चुनावी अभियानमा रहेका भट्टराईले मतदाताहरूसँग आफूलाई मतदान गर्न आग्रह गरेका हुन् । उनले देउखुरी उपत्यकाको विकासका लागि आफूले शुरुवाती दिनदेखि भूमिका खेल्दै आएको भन्दै लुम्बिनी प्रदेश सभामा जितेर गएर सामग्र दाङको विकास गर्ने योजना रहेको बताए ।

राप्ती गाउँपालिका, गढवा गाउँपालिका, लमही नगरपालिकाका विभिन्न गाउँ र टोलहरूमा पुगेर भट्टराईले मतदातासँग भेट गरिरहेका छन् ।

सिसहनियाको दोलई खालाको तटबन्ध होस् वा रेडक्रममार्फत बिरामीको सेवा गर्ने कार्य होस् भट्टराईले सधैँ आफूलाई अग्रस्थानमा राख्दै आएका छन् ।

दाङ–१ को प्रदेश सभा ‘१’मा जसरी विकास हुनु पर्ने थियो त्यो हुन नसकेको उनको बुझाइ छ । देउखुरीलाई व्यवस्थित र स्वास्थ्य, शिक्षा, रोजगारीको केन्द्र बनाउने आफ्नो योजना रहेको उनले बताए ।

दाङ–१ को प्रदेश सभा ‘१’बाट निर्वाचित भएर गएका यसअघिका माओवादीका उम्मेदवारले सिन्को पनि भाँच्न सकेनन् । सो क्षेत्रका मतदाता ती जनप्रतिनिधिसँग रिसाएका छन् ।

ती जनप्रतिनिधि लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेर पनि झण्डा हल्लाउने र सेवा सुविधा लिनेभन्दा अरु केही गर्न सकेका छैनन् । सोही कारण पनि एमाले नेता भट्टराईको माहोल राम्रो बन्दै गएको चर्चा छ । उम्मेदवार बनेका ती मन्त्री अहिले पनि सरकारी सेवा सुविधामा रमाइरहेका छन् ।

दाङ–१ मा प्रतिनिधि सभातर्फ एमालेले नेतृ शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ । दाङ–१ को प्रदेश सभातर्फ ‘२’ कुलबहादुर केसी उम्मेदवार छन् ।

Published : Friday, 2022 October 21, 5:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया