काठमाडौंको गेष्ट हाउसमा पोर्न भिडियो बनाउने पक्राउ, डीएसपी जिसीले काम फत्ते गरे

काठमाडौं । काठमाडौंमा प्रहरीले गेष्ट हाउसमा बस्न आउने जोडीको गोप्य रुपमा भिडियो बनाउने व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगञ्जले असोज २ गते चन्द्रागिरी–१५ घर भई हाल बाँसवारीस्थित बाँसवारी रेष्ट्रो एण्ड क्याफेको म्यानेजर पदमा कार्यरत वर्ष ४२ को मुकेश मालीलाई पक्राउ गरिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मालीले बाँसवारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाहरूको गोप्य रुपमा अश्लील भिडियो रेकर्ड गर्ने गरेको सूचना प्राप्त हुना साथ महाराजगञ्ज प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

मालीको मोबाइल फोन नियन्त्रणमा लिई चेक जाँच गर्दा मोबाइल फोनमा गेष्ट हाउसमा बस्ने गरेका बिभिन्न व्यक्तिहरूका रेकर्डेड भिडियो फेला परेको थियो । मालीले ढोकामा सानो प्वाल बनाएर भिडियो बनाउने गरेको खुलेको छ ।

मालीको आइफोन १२ प्रो म्याक्सलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।

मुकेश माली उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भई प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको छ ।

प्रहरी वृत्त महाराजगञ्जका प्रमुखमा डीएसपी अंगुर जिसी छन् । जिसी अपराध अनुसन्धानमा निकै अब्बल मानिन्छन् । जिसीले महाराजगञ्जमा कमाण्ड सम्हाल्नेवित्तिकै अपराध गर्ने समूह डरले तर्सिन थालेका छन् ।

Published : Friday, 2022 October 21, 3:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया