सूर्यद्वारा गगनलाई जिताउन ठूलो आह्वान

काठमाडौं । काठमाडौं–४ मा प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेर निष्कृय बसेका संचारकर्मी एवम् समाजसेवी सूर्य चन्दले नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई जिताउन भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।

चन्दले कांग्रेसका महामन्त्री थापालाई विजयी बनाउन आफूले स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी गरे पनि थापालाई सहयोग गर्न निष्कृय बसेको बताए ।

थापासँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भएका विभिन्न चरणका सम्वादपछि चन्दले निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका थिएनन् ।

थापा काठमाडौं–४ का जनताको आशा र भरोसाका केन्द्र हुन् ।

थापाको जितमा आफ्नो पनि आवश्यक्ताअनुसारको भूमिका रहने चन्दले बताएका छन् ।

थापा अहिलेका युवा पुस्ताका जुझारु नेता हुन् । थापाको आवश्यक्ता देशलाई रहेको चन्दले बताएका छन् ।

चन्दले महामनत्री थापालाई मतदान गरेर विजयी बनाउन अपील पनि गरेका छन् । उनले थापालाई काठमाडौं–४ का जनताको इच्छा र आकांक्षालाई ध्यानमा राखेर थप जिम्मेवारीका साथ अगाडि बढ्नुपर्ने बताए ।

Published : Friday, 2022 October 21, 10:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया