कांग्रेसको युवा प्रचार नेटवर्क गठन, यी युवाहरू सदस्यमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन केन्द्रीय युवा प्रचार नेटवर्कमा सदस्यहरू मनोनीत भएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार प्रसार समितिका संयोजक एवं पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा रहेको समितिअन्गर्तको उप–समितिका सदस्यहरू मनोनीत भएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं केन्द्रीय प्रचार प्रसार समितिका सदस्य उमेशजंग रायमाझीको संयोजकत्वमा गठित नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन केन्द्रीय युवा प्रचार नेटवर्कमा बिहीबार सदस्य मनोनीत गरिएको छ ।

उप–समितिमा सदस्य सचिव, प्रदेश संयोजक, काठमाडौं उपत्यका संयोजक र सदस्यहरू मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2022 October 20, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया