रुपन्देहीमा लोकप्रिय र शक्तिशाली नेतासहित युवाहरू कांग्रेसमा प्रवेश, खाणद्वारा स्वागत

भैरहवा । रुपन्देहीको तत्कालीन मैनहिया गाउँ विकास समितिका अध्यक्ष तथा लोकतान्त्रिक समाजवादी पार्टीका नेता रंगनाथ गुप्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

रुपन्देही–३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले सियारी गाउँपालिका–२ मा बिहीबार आयोजित कार्यक्रममा पूर्व गाविसका अध्यक्ष गुप्तालाई पार्टीको सदस्यता प्रदान गरेका हुन् ।

गुप्ता २०४९ सालमा भएको स्थानीय तह निर्वाचनमा गाउँ विकास समिति अध्यक्ष निर्वाचित भएका थिए ।

गत स्थानीय तह निर्वाचनमा गुप्ता लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेका थिए ।

कार्यक्रममा युवा व्यवसायी मोहित रौनियारसहित सय बढी कांग्रेस प्रवेश गरेका छन् ।

उनीहरूलाई कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री खाणले पार्टी सदस्यता प्रदान गरेका छन् ।

गृहमन्त्री खाणले दक्षिणी सीमामा बसेका नेपालीहरूले नेपालको सीमा रक्षा गरेको बताए ।

उनले सीमाको रक्षा गर्ने, मुलुकको सीमानामा स्थायी बसोबास जनताको सबैभन्दा ठूलो राष्ट्रवादी भएको बताए ।

आफूहरूको घर, आगन, जग्गा, कुलो भनेर दिनरात सीमाको रक्षा गर्ने स्थानीय सच्चा राष्ट्रवादी भएको खाणले बताए ।

Published : Thursday, 2022 October 20, 10:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया