औकातभन्दा बाहिर गयो मधेशी आयोग, थारु र मुस्लिमलाई कमजोर नठान्न अन्सारीको चेतावनी

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मधेशी आयोगको हर्कतको विरोध गरेका छन् ।

मधेशी आयोगले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गउर उट्पट्याङ हर्कत गर्न थालेपछि अन्सारीले विरोध गरेका हुन् । बिहीबार अन्सारीले सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गरर मधेशी आयोगको हर्कतको भण्डाफोर गरिदिएका छन् ।

‘मधेशी आयोगले आफ्नो क्षेत्रअधिकारभन्दा बाहिर गएर थारू र मुस्लिमलाई मधेशीको सूचीमा राख्न वार्षिक प्रतिवेदनमार्फत गरेको सिफारिस गलत र खेदजनक छ’, मुस्लिम आयोगका अध्यक्ष अन्सारीले चेतावनी शैलीमा भनेका छन् ।

‘नेपालको संविधान २०७२ जारी हुनु भन्दा अगाडि धेरै कठिन संघर्ष र धेरैको बलिदानपछि मुस्लिम र थारू समुदायलाई पाएको अधिकारमाथि हमलाको प्रयाश गर्न खोज्नु सिंगो समुदाय र लोकतन्त्र माथिको प्रहार हो’, उनले भनेका छन् ।

‘मधेश एउटा भूगोल हो’, उनले भने, ‘मुस्लिम र थारू समुदाय मधेशमा मात्र होइन काठमाडौं तराइ ,पहाड र हिमालमा बसोबास छ । त्यस कारण सबैलाई एउटै बाकसमा राखने कोशिस गर्नु गलत हो ।’

अध्यक्ष अन्सारीले भने, ‘मधेशी आयोगले आफ्नो गलती स्वीकार गर्नुपर्छ ।’

थारुले आफूलाई मधेशी मान्दैन । थारुहरू भूमिपुत्र हुन् । थारुहरूमाथि मधेशी समुदायले बेलाबेला आक्रमण गर्ने प्रयास गर्दै आएका छन् ।

मुस्लिमहरू पनि मधेशीमा पर्दैनन् । मुस्लिमहरू तराई, पहाड र हिमालमा छन् । मुस्लिमहरूलाई मधेशीहरूले आफ्नो मातहतमा राख्ने बेलाबेला असफल प्रयास गर्दै आएका छन् ।

Published : Thursday, 2022 October 20, 7:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया