यी चार जना एसपीहरूको काज सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले चार जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चार जना एसपीहरूको सरुवा गरेका हुन् ।

अर्को आदेश नभएसम्मको लागि ती चार जना एसपीहरूलाई खटाइएको छ ।

काज सरुवा भएका एसपीहरूमा सशस्त्रको नेपाल यु.एन. शान्ति स्थापना तालिम शिक्षालय, ककनीमा कार्यरत तीर्थराज पौडेललाई सशस्त्रको नम्बर ६ गण हेडक्वार्टर सप्तरी पठाइएको छ ।

एसपी प्रदीप खड्कालाई सप्तरीको नम्बर ६ गणबाट ककनीमा ल्याइएको छ ।

एसपी रमेशबिक्रम शाहीलाई सशस्त्रको मुख्यालयस्थित मानवस्रोत विभागबाट कैलालीस्थित नम्बर ७, वैद्यनाथ बाहिनी मुख्यालयमा पठाइएको छ ।

एसपी डम्बरबहादुर बिष्टलाई सशस्त्र प्रहरी जवान तालिम शिक्षालय, नौवस्ता बाँकेबाट नम्बर ४४ गण हेड क्वार्टर, दार्चुलामा काजमा पठाइएको छ ।

Published : Thursday, 2022 October 20, 12:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया