बागलुङमा सत्तागठबन्धनको पक्षमा माहोल बन्न थाल्यो, पुग्न थाले गाउँ–टोलमा उम्मेदवारहरू

काठमाडौं । बागलुङ जिल्लाको दुइटा निर्वाचन क्षेत्र र चार वटा प्रदेश सभातर्फ गठबन्धनका उम्मेदवारहरूले जबरजस्त प्रचार शुरु गरेका छन् ।

गाउँ र टोलहरूमा पुगेर मतदातासँग उम्मेदवारहरूले भोट मागेका छन् । कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि तरुण दलका केन्द्रीय प्रतिनिधि देवेन्द्रकुमार घर्ती मगरका अनुसार सत्तागठबन्धनका उम्मेदवारहरूको पक्षमा अहिलेसम्म राम्रो माहोल देखिएको बताए । उनले भने, ‘नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार छन् । ती सबैको चुनावी प्रचार राम्रो छ ।’

नेता मगरले कांग्रेसभित्रको तिक्तताहरू भुलेर इमान्दारिताका साथ मतदान गरेर सत्तागठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउनुपर्ने बताए । ‘टिकट लिनुभन्दा अगाडिसम्म जे–जस्ता तिकडम भए पनि टिकट पाउने उम्मेदारलाई विजयी बनाउनुपर्छ । त्यो हाम्रो दायित्व हो’, नेता मगरले भने, ‘सानो गल्ती भयो भने ५ वर्ष पछुताउनुपर्छ । त्यो अवस्था आउन दिनु हुँदैन ।’
बागङको क्षेत्र नं. २ मा सत्तागठबन्धनको तर्फबाट माओवादी केन्द्रले प्रतिनिधि सभामा देवेन्द्र पौडेललाई उम्मेदवार बनाएको छ ।
बागलुङ–२ को प्रदेश सभातर्फ ‘१’ कांग्रेसका जित शेरचन र ‘२’मा दोण कुँवर उम्मेदवार बनेका छन् । देवेन्द्र पौडेल, जित शेरचन र द्रोण कुँवरलाई विजयी बनाउन बागलुङ कांग्रेसले आह्वान पनि गरेको छ ।

बागलुङ–२ प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘१’मा उम्मेदवार बनेका जित शेरचन बागलुङ कांग्रेसका सभापति हुन् । बागलुङ–१ मा सत्तागठबन्धनको समर्थनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट नेता चित्रबहादुर केसीले उम्मेदवारी दिएका छन् ।

बागलुङ– १ मा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र ‘१’मा कांग्रेसका दीपेन्द्र थापा र ‘२’मा कांग्रेसकै डिल्लीराम सुवेदीले उम्मेदवारी दिएका छन् ।

Published : Thursday, 2022 October 20, 12:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया