हरिवंशसँग प्रदीपले लिए आशीर्वाद, दिए काठमाडौं-५ मा टिमलाई नै जितको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौं–५ मा आफ्नो चुनावी प्रचार–प्रसारलाई तीब्र रुपमा अगाडि बढाएका छन् ।

नेता पौडेलले गाउँ र टोलहरूमा पुगेर मतदातासँग नजिक हुने प्रयास गरिरहेका छन् । पौडेललाई सत्तागठबन्धनका दलहरूको समर्थन छ । प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका पौडेलले समाजका प्रतिष्ठित व्यक्तिदेखि सामान्य व्यक्तिहरूलाई भेट गरिरहेका छन् ।

नेता पौडेलले बुधबार वरिष्ठ हाँस्य अभिनेता हरिवंश आचार्यलाई भेट गरेका छन् । आचार्यसँग भेटेर पौडेलले आफू काठमाडौं–५ बाट उम्मेदवार बनेको र गठबन्धनका उम्मेदवारहरूसहित निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको बताएका छन् ।

अभिनेता आचार्यले कांग्रेस नेता पौडेललाई जितका लागि शुभकामना दिएका छन् ।

यसअघि, नेता पौडेलसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले भेट गरेका थिए ।

काठमाडौं–५ बाट उम्मेदवार बनेका पौडेललाई एमालेले बाहिरबाट आएको उम्मेदवार बनेर प्रचार गरिरहेको छ । काठमाडौं–५ को विकास र जनताको सेवा कांग्रेस नेता पौडेलले नै गर्न सक्छन् ।

किन भने काठमाडौंमा बालेन्द्र शाह र वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंह विजयी भएका छन् । उनीहरू युवा हुन् । बालेन र राजेशले काम गर्न थालेका छन् । उनीहरूको कामबाट जनता खुसी छन् ।

अब काठमाडौं–५ मा पनि कांग्रेसका युवा नेता पौडेल र उनको टिमलाई विजयी बनाएर मतदाताहरूले विकास भित्र्याउनुपर्छ ।

काठमाडौं–५ को प्रदेश सभातर्फ ‘१’मा कांग्रेसका नेता भैरव सापकोटा र ‘२’मा श्यामबहादुर खड्का उम्मेदवार बनेका छन् ।

काठमाडौं–५ मा एमालेका ईश्वर पोखरेल पुनः उम्मेदवार बनेका छन् । पोखरेलले काठमाडौं–५ मा के–के गरे ? मतदाताले ध्यान दिनुपर्छ ।

Published : Thursday, 2022 October 20, 11:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया