देवी खड्काका कारण प्रचण्डलाई तनाब

काठमाडौं । माओवादी केन्द्रकी दोलखा इन्चार्ज देवी खड्काले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएकी छिन् ।

बुधबार उनले पदबाट राजीनामा दिएकी हुन् । दोलखाको अध्यक्ष र इन्चार्ज भइसकेकाले जिम्मेवारीबाट अलग भएको खड्काले बताएकी छिन् ।

खड्का २०५९ सालमा दोलखाको पार्टी सचिव भएदेखि अहिलेसम्म इन्चार्जमा छिन् । स्वास्थ्यले पनि साथ नदिएका कारण पदबाट राजीनामा दिएको उनको भनाइ छ ।

२०६४ को संविधान सभामा खड्का दोलखाबाट निर्वाचित भएकी थिइन् । नेतृ खड्का केही समय राज्यमन्त्री समेत भएकी थिइन् ।

यसपटक उनी दोलखाबाट उम्मेदवारको आकांक्षी थिइन् । गठबन्धनका तर्फबाट दोलखा माओवादीको भागमा परेको छ ।

नेतृ खड्काले पदबाट राजीनामा दिएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तनाब भएको छ ।

Published : Wednesday, 2022 October 19, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया