इन्टरपोलको महासभामा आईजीपी सिंह सहभागी, मोदीद्वारा उद्घाटन

काठमाडौं । प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको ९०औं महासभा उद्घाटन भएको छ ।

मंगलबार भारतको नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका हुन् । महासभामा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको नेतृत्वमा ५ सदस्यीय टोली पनि सहभागी छ । सिंह सोमबार नयाँदिल्ली गएका हुन् ।

मोदीले अहिलेको ग्लोबलाइजेसनको युगमा इन्टरपोल बिना विश्वको कल्पना गर्न नसकिने बताएका छन् । मोदीले इन्टरपोललाई अझ सशक्त बनाउनुपर्ने बताएका छन् ।

विशेषतः साइबर क्राइम, टेरोरिजम र बालबालिकामाथिको शोषण अन्त्य गर्न अन्तर्राष्ट्रिय प्रहरी समन्वय र सहयोगलाई अझ मजबुद बनाउँदै लैजान अपरिहार्य रहेको मोदीले उल्लेख गरेका छन् ।

भारत सरकारका गृहमन्त्री अमित शाह लगायतका मन्त्रीहरूको सहभागिता रहेको थियो । महासभामा नेपालसहित १ सय ७५ राष्ट्रका प्रहरी प्रमुख तथा उच्च अधिकृतहरूको सहभागिता रहेको छ । भारत सरकारले यो आयोजनालाई अत्यन्त महत्वपूर्ण रूपमा लिएको छ ।

Published : Tuesday, 2022 October 18, 11:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया