कांग्रेस र सत्तागठबन्धनका उम्मेदवार जिताउन सबै संयन्त्र परिचालन गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसको ‘केन्द्रीय परिचालन समितिले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारहरूलाई विजयी बनाउन संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ ।

मंगलबार सानेपामा बसेको समितिको बैठकले निर्वाचनमा कांग्रेस र गठवन्धन दलबीच सहमति भई बनेका गठवन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन पार्टीका सबै तहका संयन्त्रहरूलाई व्यापक परिचालन गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बैठकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समितिअन्तर्गत सचिवालय र उपसमितिहरू भ्रातृ एवं शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति, अनुगमन मूल्याकंन तथा सुपरिवेक्षण उपसमिति, निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति, विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति, निर्वाचन अनुगमन तथा अनुशासन उपसमिति, निर्वाचन आयोग समन्वय उपसमिति, जिल्ला–काठमाडौं सम्पर्क समिति समन्वय उपसमिति र प्रदेश परिचालन समन्वय उपसमिति (सातवटै प्रदेशका लागि) गठन गर्ने निर्णय गर्‍यो ।’

बैठकमा समितिका सदस्यहरू डा.रामशरण महत, प्रवक्ता डा. प्रकाशशरण महत, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अव्दुल सत्तार, नैनसिंह महर, राजीव ढुंगाना, महेन्द्रकुमारी लिम्वु, हरिशरण नेपाली, अजयवावु शिवाकोटी, गंगालक्ष्मी अवाल, सुशीला थिङ्ग, सीतादेवी देवकोटा, दीव्यमणि राजभण्डारी, खिलानाथ दाहाल, तिलकबहादुर रानाभाट, तीर्थ थापा, महेन्द्र यादव, सन्दीप राना, जनार्दन नेपाल, डा. अरुणकुमार सुवेदी, शिव लम्साल र पूर्णप्रसाद आचार्यले आ–आफ्नो धारणा राखेका थिए ।

Published : Tuesday, 2022 October 18, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया