डा.महतको समितिको पहिलो निर्णय नै बोल्ड, कांग्रेसलाई जिताउने रणनीति बनाउन कमाण्डरहरू मनोनीत

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९, केन्द्रीय प्रचार–प्रसार समितिले उप–समितिको संयोजकहरू तोकेको छ ।

सोमबार पार्टी मुख्यालय सानेपामा बसेको पहिलो बैठकले प्रभावकारी रुपमा निर्वाचन प्रचार–प्रसारको कार्यसम्पादन गर्न विभिन्न निर्णयहरू गरेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले प्रवक्ता डा.प्रकाशशरण महतको नेतृत्वमा कांग्रेस र गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन प्रचार प्रसारको जिम्मेवारी दिएका थिए । डा.महतले आफूलाई सभापति देउवाले दिएको जिम्मेवारीअनुसार काम अगाडि बढाएका छन् ।

पार्टीको केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने निर्णय गरिएको समितिका संयोजक एवम् कांग्रेसका प्रवक्ता डा.महतले बताए ।

‘प्रदेश, जिल्ला, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने’, विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्रका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय संचार केन्द्रबाट आवश्यक जानकारी प्रदेश, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहसम्मका प्रचार–प्रसार समिति र पार्टी संयन्त्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने ।’

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको निर्वाचन प्रचार–प्रसारकालागि आवश्यक प्रचार सामग्री निमार्ण गर्ने र विभिन्न सञ्चार माध्यमहरू रेडियो, एफ.एम., टि.भि,. प्रिन्ट मिडिया, अनलाईन तथा सामाजिक सञ्जाल लागयतबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने । उक्त कार्यका लागि पार्टी सम्वद्ध भातृ एवं शुभेच्छुक संस्था, विज्ञ वुद्धिजीवी साथीहरू, सञ्चारकर्मी, अन्य पेशागत संस्था र साथीहरूलाई अधिकतम् संलग्न गराई सक्रिय गराउने । प्रचार सामाग्री उत्पादन तथा प्रचार–प्रसारका लागि उप–समितिहरू गठन गर्ने निर्णय भएको छ ।’

नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन टेलिभिजन समन्वय तथा प्रचार–प्रसार उपसमितिको संयोजकमा डा.डीला संग्रौला, निर्वाचन युवा प्रचार नेटवर्कको संयोजकमा उमेशजंग रायमाझी, सम्पर्क समिति समन्वय तथा प्रचार–प्रसार उप–समितिको संयोजकमा जीतजङ्ग बस्नेत, सूचना संकलन तथा अनुगमन उपसमितिको संयोजकमा नैनसिंह महरलाई जिम्मेवारी दिइएको छ ।

सामाजिक सञ्जाल प्रसार–प्रसार उपसमितिको संयोजकमा राजीव ढुंगाना, रेडियो एफएम समन्वय तथा प्रचार–प्रसार उपसमितिको संयोजक गंगालक्ष्मी अवाल, सांस्कृतिक समन्वय तथा प्रचार–प्रसार उपसमितिको संयोजकमा विद्या तिमिल्सिना, प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिको संयोजकमा उर्मिला थपलिया, अनलाईन मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिको संयोजकमा किरण गिरीलाई मनोनयन गरिएको छ ।

प्रवास समन्वय प्रचार–प्रसार उपसमितिको संयोजकमा किरणराज शर्मा पौडेल, छापा माध्यम समन्वय तथा प्रचार–प्रसार उपसमितिको संयोजकमा रमेशप्रसाद धमला, निर्वाचन विषयवस्तु उत्पादन उपसमितिको संयोजकमा डा.प्रभु बुढाथोकी, निर्वाचन खेलकूद क्षेत्र समन्वय तथा प्रचार–प्रसार उपसमितिको संयोजकमा कर्माछिरिङ्ग शेर्पालाई जिम्मेवारी दिइएको समितिका संयोजक एवम् प्रवक्ता डा.महतले बताएका छन् ।

Published : Tuesday, 2022 October 18, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया