कांग्रेसका उम्मेदवारहरू जिताउन डा.महतद्वारा समिति बिस्तार, आरजुसहित को–को मनोनीत ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार प्रसार समिति’ विस्तार गरेका छन् ।

सोमबार डा.महतले समितिलाई विस्तार गरेका हुन् ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा.महतको संयोजकत्वमा समिति गठन गरेका थिए ।

समितिको सदस्यहरूमा उमा रेग्मी, मीनबहादुर विश्वकर्मा , सुजाता परियार, गोविन्द भट्टराई, डा. डिला संग्रौला , लक्ष्मी परियार, डा. गोपाल दहित, गेहेन्द्र गिरी, तारामान गुरुङ, आङ्गेलु शेर्पा, चन्द्रबहादुर केसी, आरजु राणा, उमेशजंग रायमाझी, जीतजंग बस्नेत, नैनसिंह महर, महेन्द्रकुमारी लिम्बू, कर्मा शेर्पालगायतका रहेका छन् ।

Published : Monday, 2022 October 17, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया