सत्यमोहन जोशी आफैले लेखेको ‘माया रानीलाई’को भिडियो हेर्न पाएनन्, यस्तो छ गीत

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शब्दमा विश्वकीर्तिमानी सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वरमा ‘माया रानीलाई’ बोलको गीत सार्वजनिक गरिएको छ ।

शताब्दी पुरुष जोशीसँग साङ्गीतिक सहकार्यको क्रममा वि.सं. २००१ मा लेखिएको गीत ‘माया रानीलाई’ सार्वजनिक गरिएको छ ।

‘७८ वर्षपछि रेकर्ड गरी हामी भिडियो निर्माणको क्रममा थियौँ । उहाँ अस्वस्थ हुनुभएकोले हामी शीघ्र स्वास्थ्यलाभको कामना गरेर बसेका थियौँ’, संगीतकार श्रेष्ठले भनेका छन् ।

‘दुर्भाग्य ! गीत रिलिज हुन नपाउँदै आइतबार उहाँको असामयिक निधन भयो’, श्रेष्ठले भने, ‘हामी स्तब्ध भयौँ । उहाँप्रति हार्दिक श्रद्धासुमन !’

वाङ्मय शताब्दी पुरुष जोशीको यो गीत नै पहिलो म्युजिक भिडियो हो ।

‘श्रब्यदृष्य तयार गरेर उहाँलाई देखाएपछि सार्वजनिक गर्ने इच्छा हुँदाहुँदै एउटा सपना अधुरै रह्यो’, श्रेष्ठले भनेका छन् ।

राज पोखरेल र प्रकाश अर्यालको छायाङ्कनलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका छन् । ‘माया रानीलाई’ गोल्डेन क्रियशनको च्यानलबाट सार्वजनिक गरिएको छ ।

Published : Monday, 2022 October 17, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया