संगीताको प्रस्तुतिमा ‘धागो सम्बन्धको’ रिलिज

काठमाडौं । समाजसेवी संगीता कार्कीको प्रस्तुति र निर्माण रहेको ‘धागो सम्बन्धको’ बोलको म्युजिक भिडियो रिलिज भएको छ ।

गीतमा गायिका सुवानी मोक्तान र गायक एसडी योगीको स्वर रहेको छ । गीतमा हर्क साउदको शब्द र सुशान्त गौतमको संगीत रहेको छ ।

दशैँ र तिहारलाई केन्द्रित बनाएर गीतको शब्द लेखिएका छन् । दशैँ र तिहारको परिवेशमा एउटा परिवारले फरक समयमा दुई सदस्यलाई गुमाएको कथा गीतमा देखाइएको छ ।

म्युजिक भिडियोमा सिर्जना अधिकारी, हर्क साउद, सुक्रिया खत्री, निराजन कार्की, लिजा कार्की, कस्मित बराइलीको अभिनय छ ।

म्युजिक भिडियोलाई नवीन चौहानले निर्देशन गरेका छन् । सौरभ लामाले छायांकन गरेको गीतलाई कृष्ण भण्डारीले सम्पादन गरेका छन् ।

Published : Monday, 2022 October 17, 6:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया