देउवाले एमालेको सातोपुत्लो उडाइदिए, भावी दुई प्रधानमन्त्रीको नाम घोषणा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं–२ की सत्तागठबन्धन उम्मेदवार ओनसरी घर्ती पार्टीभन्दा राष्ट्रको हित हेर्ने व्यक्ति भएको बताएका छन् ।

आइतबार काठमाडौं–२ मा सत्तागठबन्धनले गरेको कार्यक्रममा बोल्दै देउवाले घर्तीले सभामुख हुँदा पार्टीको नेताका रुपमा नभई निष्पक्ष भूमिका निर्वाह गरेको बताए ।

देउवाले सुरुमा सभामुख हुँदा चलाउन सक्लिन भन्ने विश्वास आफूलाई नभएको बताए । उनले ओनसरी घर्ती अत्यन्तै साहसी महिलाको संज्ञा दिएका छन् ।

देउवाले भने, ‘मलाई त विश्वास पनि थिएन, उमेर सानै थियो, सभामुख के चलाउनुहोला भनेको त सबैभन्दा सफल तरिकाले उहाँले संसद चलाउनुभयो ।’

देउवाले माओवादी केन्द्रबाट निर्वाचित भए पनि ओनसरीले कहिल्यै पार्टीको आशीर्वाद नखोजेको बताएका छन् ।

देउवाले ओनसरीले पार्टीको आदेशमा नभई आत्माको आदेशमा चलेको र उनी सच्चा लोकतन्त्रवादी र निष्पक्ष सभामुखको भूमिकामा रहेको भन्दै प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री देउवाले निर्वाचनमा कुनै पनि पार्टीको एकल बहुमत नआउने भएकाले तालमेल गरिएको बताएका छन् ।
उनले आफूहरुले मिलेर चुनाव लड्ने संस्कृतिको विकास गरेको बताए ।

‘हामीले लडेर ल्याएको लोकतन्त्र र प्रजातन्त्रलाई स्थायित्व दिनुपर्छ । प्रतिगमनको खतरा अझै छ’, उनले भने, ‘त्यसैले सबै मिल्नुको विकल्प छैन। संविधान समावेशी र जनताको पक्षमा भएकाले त्यसको रक्षा गर्नुपर्छ ।’

गठबन्धन चुनौती र अवसर दुवै भएकाले सचेत भएर लाग्न नेता कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।

‘कुनै पार्टीको बुहमत आउँदैन । त्यसैले मिलेर चुनाव लड्ने संस्कृतिको विकास भएको छ’, देउवाले भने, ‘हामी मिलेर देशको गरिबी हटाउँछौँ । यसलाई चुनौती र अवसरको रुपमा लिनुपर्छ ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं–२ की उम्मेदवार ओनसरी घर्तीलाई मन्त्री बनाउने प्रतिबद्धता जनाएका छन् ।

‘तपार्ईहरूले उहाँलाई जिताएर पठाउनुस् । म यहाँको विकासलाई उहाँलाई मन्त्री बनाउने प्रतिबद्धता व्यक्ति गर्छु’, दाहालले भनेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको बताएका छन् ।

दलहरूले संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै उनले प्रतिगमनविरुद्ध गठबन्धन एक भएर लागेपछि मुलुक सही ढंगले अगाडि बढेको बताएका हुन् ।

‘हामीले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएका छौँ’, नेपालले भने, ‘संविधान र लोकतन्त्र नै धरापमा परिसकेको थियो । बाम लोकतान्त्रिक गठबन्धनले त्यसको रक्षा गरेको छ ।’

उनले भने, ‘प्रतिगमनविरुद्ध गठबन्धन एक भएर लागेपछि मुलुक सही ढुंगले अगाडि बढेको छ ।’

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै बानी बिग्रेपछि सच्चिन गाह्रो हुने बताए ।

‘तपाईंहरू सचेत बन्नुहुन्छ भन्नेमा ढुक्क छौँ । हामी जनताको अधिकारको पक्षमा छौँ’, नेपालले भने, ‘भोलि पनि महत्व गठबन्धन दलकै छ ।’

उनले देउवा र प्रचण्डलाई देखाउँदै भने, ‘विकास निर्माणमा कानूनी समस्या आउनसक्छ । तर, त्यसलाई हल गर्न वर्तममान प्रधानमन्त्री त यहि हुनुन्छ । भविष्यका प्रधानमन्त्रीहरू पनि यहीँ हुनुहुन्छ ।’

उनले प्रदेशको पनि नामाकरण गर्नेबारेमा छलफल भइरहेको बताएका छन् ।

सत्तागठबन्धनले आइतबार काठमाडौंमा संयुक्त कार्यक्रम गरेर शीर्ष नेताहरूले सम्बोधन गरेका छन् । शीर्ष नेताहरूले सम्बोधन गरेपछि एमालेलाई तनाब भएको छ ।

एमालेले कमल थापा, राप्रपा, जसपालगायतका दलहरूलाई लिएर गठबन्धन बनाएको छ ।

Published : Sunday, 2022 October 16, 5:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया