प्यूठानका सुशील कपिलवस्तुमा ठूलो परिणामको पैसासहित पक्राउ

चन्द्रौटा । प्रहरीले कपिलवस्तुमा स्रोत नखुलेको रकमसहित ३४ वर्षीय सुशीलबहादुर पुन मगर पक्राउ गरेको छ ।

कृष्णनगर नगरपालिका–२ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपियाँसहित प्यूठान नगरपालिका–८ मानागाउँ बस्ने मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु.१ ख २३९७ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको अगाडिको बोनटको भागमा राखिएको नगदसहित फेला पारी बस चालक मगरलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको छ ।

Published : Sunday, 2022 October 16, 12:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया