सत्यमोहन जोशीको निधन, शव नजलाने

काठमाडौं । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।

ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । जोशीको दाहसंस्कार गरिनेछैन ।

जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको थियो ।

जोशीको शव नजलाई अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने तयारी भइरहेको छ ।

शवलाई अस्पतालको प्रांगणमा श्रद्धाञ्लिका लागि राखिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

जोशीले मृत्युअघि शरीर दान गरेका थिए । उनको दाहसंस्कार कसरी गर्ने भन्ने बारेमा परिवार र अस्पतालबीच छलफल भएको छ ।

छलफलको क्रममा जोशीको शवलाई नजलाई अध्ययनको लागि अस्पतालमा राख्ने सहमति भएको छ ।

शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ ।

शवमा नसाबाट केमिकल राखेपछि अन्तिम श्रद्धाञ्जलिका लागि महानगरपरिसरमा राखिने निर्णय भएको अस्पतालका प्रोफेसर डा.किशोरसिंह बस्नेतले जानकारी दिएका छन् ।

Published : Sunday, 2022 October 16, 10:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया