ओली पत्नी बोकेर पिङ खेल्न महँगो रिसोर्ट पुगे, गरिवको पार्टीको नेताहरूकै ताल कस्तो ?

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली आफ्नी पत्नी राधिका शाक्यलाई लिएर सुविधा सम्पन्न रिसोर्टमा बासबस्न पुगेका छन् ।

शनिबार ओली ललितपुरको लाकुरीभञ्ज्याङस्थित ‘द टेरेसेस रिसोर्ट’मा पुगेका हुन् । रिसोर्टमा ओलीले पिङ पनि खेलेका छन् । ओली पिङ खेल्ने क्रममा उनको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले पिङ हल्लाइदिएका थिए ।

पिङ खेल्दै गरेको, दुरबिनबाट काठमाडौंलाई हेर्दै गरेको लगायतका तस्बिर ओलीको फेसबुक पेजमा रहेका छन् ।

बालकोट नामक ओलीको सोही पेजमा पार्टीको चुनावी घोषणापत्र तयारीका क्रममा रिसोर्टमा आएको उल्लेख छ ।

घोषणापत्रमा प्राप्त सुझावहरूसहित अध्यक्ष ओली र नेताहरू छलफलका लागि भनेर महँगो रिसोर्टमा पुगेका छन् ।

ओलीले आफ्नी पत्नी राधिका शाक्यसँगै महासचिव शंकर पोखरेल, उप–महासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली लगायतलाई पनि लगेर गएको एक नेताले बताएका छन् ।

विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि घोषणा पत्र, राजनीतिक प्रस्तावहरू तयार पार्न रिसोर्ट र होटेलहरूमा गएर रात विताउने गरेका थिए । प्रचण्डको त्यो शैली ओलीले टपक्कै टिपेका छन् ।

तिहार आएको छ । धेरै जनताले बिहान र बेलुका कसरी खाउँ भनेर चिन्ता गर्नुपर्ने अवस्था छ ।

गरिवको पार्टी भनिएको एमालेका अध्यक्ष ओली पत्नी र केही नेताहरू बोकेर घोषणा पत्र लेख्नेभन्दै रिसोर्टतिर हानिएका छन् ।

मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको घोषणा पत्र लेख्ने बहानामा ओलीले लाखौ रुपियाँ सिध्याउने भएका छन् । उनको यो खर्च कहाँबाट हुने हो केही भनिएको छैन ।

Published : Saturday, 2022 October 15, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया