विकासको एजेण्डा बोकेका राणा, दाहाल र महर्जन ललितपुर-१ मा निकै बलियो देखिए

काठमाडौं । ललितपुर–१ मा सत्तागठबन्धनका उम्मेदवारहरू युवा र विकास प्रेमी भएका कारण बलियो बलियो देखिएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘१’मा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हरि दाहाल उम्मेदवार बनेका छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘२’तर्फ कांग्रेसका लोकप्रिय युवा नेता मीनकृष्ण महर्जन रहेका छन् । राणा, दाहाल र महर्जन युवा छन् । उनीहरू ललितपुरको विकासमा निकै खटिने व्यक्ति पनि हुन् ।

स्थानीय तहको निर्वाचनमा ललितपुर–१ को ३० वटा वडामध्य २२ वटा वडामा कांग्रेसले जितेको छ । ४ वटा पालिकामध्य गोदावरी नगरपालिकाको मेयर र उप–मेयरसहित कांग्रेसले जितेको छ ।

बागमती गाउँपालिकाको प्रमुखमा कांग्रेस र उप–प्रमुखमा माओवादी केन्द्रले जितेको छ ।

कोन्ज्योसोम गाउँपालिकाको प्रमुखमा एमालेले झिनो मतको अन्तरले जितेका छन् । उप–प्रमुखमा कांग्रेसले जितेको छ । महाँकाल गाउँपालिकाको प्रमुखमा कांग्रेस र उप–प्रमुखमा माओवादीले जितेको छ ।

बाँकी ८ वडामा माओवादीले ४ र एमालेले ४ वटा वडामा जितेका छन् । स्थानीय तहको निर्वाचनको नतिजालाई हेर्ने हो भने पनि सत्तागठबन्धनका उम्मेदवारहरू प्रतिनिधि सभा र प्रदेश सभामा निकै बलियो अवस्थामा देखिएका छन् । यस्तो सहज अवस्थामा राणा, दाहाल र महर्जनले जित्ने अनुमान स्थानीयको छ ।

चुनावी प्रचार प्रसारमा एमाले र माओवादीका नेता कार्यकर्ताहरू ब्यापक रुपमा परिचालन भएका छन् ।

यसअघि एमालेले जितेको यो क्षेत्रमा जनताले विकासको मुख देख्न पाएनन् । कुनै पनि गतिलो काम हुन सकेन । मंसिर ४ गतेको निर्वाचनमा कांग्रेस र माओवादीका उम्मेदवारहरूलाई विजयी बनाएर ललितपुर–१ को विकास गर्नुपर्ने स्थानीयको भनाइ छ ।

Published : Saturday, 2022 October 15, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया