ओलीको निवास रहेको भक्तपुर-२ मा कांग्रेसका थापाले इतिहाँस रच्ने, कम्युनिस्टको बिर्ता भत्काउने

काठमाडौं । भक्तपुरको क्षेत्र नं. २ मा नेपाली कांग्रेसले एमालेको कथित किल्ला भत्काउने गरेर रणनीति बनाएको रहस्य बाहिर आएको छ ।

भक्तपुर–२ मा कांग्रेसले जिल्ला सभापति दुर्लभ थापालाई उम्मेदवार बनाएको छ । थापा सरल र सहज नेता हुन् । उनलाई साना बच्चादेखि बृद्ध सबैले मन पराउँछन् । सबै उमेरसमूहसँग मिल्न सक्ने क्षमताकै कारण सभापति थापा भक्तपुरमा लोकप्रिय छन् ।

थापालाई सभापति शेरबहादुर देउवाले पनि निकै मन पराउँछन् । भक्तपुर–२ का मतदाताले थापालाई विजयी बनाए भने कांग्रेसले मन्त्री बनाउने सम्भावना निकै उच्च छ ।

सभापति थापा राज्यका लाभका पदमा कहिल्यै पनि बस्ने अवसर पाएका छैनन् । यस पटक भक्तपुर–२ का मतदाताले सभापति थापालाई अत्याधिक मतदान गरेर जिताएर संसद पठाउने नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले बताएका छन् ।

भक्तपुर–२ लाई एमालेले आफ्नो बिर्ता ठानेको छ । एमालेको त्यो बिर्तालाई कांग्रेसका सभापति थापाले भत्काउने योजनामा छन् ।

भक्तपुर–२ को प्रदेश सभाको ‘क’तर्फ प्रत्यक्षमा कांग्रेसका नेता विष्णुराज कार्कीको उम्मेदवारी परेको छ । कार्की लोकप्रिय मानिन्छन् ।

प्रदेश सभा ‘ख’तर्फ गठबन्धनबाट डा.राजेन्द्रमान श्रेष्ठ उम्मेदवार बनेका छन् । डा.श्रेष्ठ नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार हुन् ।

भक्तपुर–२ को बालकोटमा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको निवास पर्छ । ओलीको निवास रहेको यो क्षेत्रमा कांग्रेसले धेरै वडाहरू जितेको छ ।

Published : Friday, 2022 October 14, 5:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया