काठमाडौं-४ देशकै नमूना बनाउने गगनको योजना, विकास विरोधीहरूको आँखा तिरमिराउन लाग्यो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं–४ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनेपछि नयाँ तरंग आएको छ ।

काठमाडौं–४ मा थापाकै कारण सडक, खानेपानी, स्वास्थ्य, शिक्षाको क्षेत्रमा उल्लेख्य काम गरेका छन् । थापाको काम केही व्यक्तिहरूलाई मन परेको छैन । थापाविरुद्ध विभिन्न खालका प्रचारवाजी पनि बेलाबेला हुने गरेका छन् ।

निर्वाचनको प्रचार–प्रसार भइरहेका बेला थापाविरुद्ध गलत समाचार र विभिन्न लाञ्छनाहरू लगाइएर टिकाटिप्पणी आउने गरेका छन् । हुन ती स–साना कुरामा थापाले ध्यान पनि दिँदैनन् । बरु आफ्नो क्षेत्रका मतदातालाई कसरी सेवा सुविधा दिने त्यो विषयमा उनी केन्द्रित र चिन्तित हुने गरेका छन् । आफ्नो क्षेत्रका मतदातासँग सम्पर्कमा बस्न उनले ज्ञानेश्वरमा सम्पर्क कार्यालय र विज्ञ टोली नै राखेका छन् । थापाको जस्तो सचिवालय अरुको छैन ।

थापाकै कारण काठमाडौं–४ को करिडोरको बाटो फराकिलो बनेको छ । सडकहरू पिच बनेका छन् । धेरै ठाउँमा काम भइरहेका छन् । काम नगर्ने ठेकेदार कम्पनीलाई दवाव दिएर काम गर्न लगाइरहेका छन् । बजेट पनि काठमाडौं–४ मा अरु क्षेत्रमा भन्दा धेरै नै परेको छ ।

काठमाडौं–४ लाई थापाले नमूना बनाउन खोजीरहेका छन् । उनको योजनामा विकास विरोधी तत्वहरूले अबरोधका प्रयासहरू गरिरहेका छन् ।

नेता थापालाई कपनको खोला र सडकका विषयमा विभिन्न लाञ्छना लगाउने गरिएको छ । त्यो खोलामा सडक बनाउने कार्य भू–माफियाले गरेका हुन् । खोला र सडकको व्यवस्थापन गर्न थापाले ठूलो बजेट खर्च गरिसकेका छन् । त्यसको दीर्घकालीन काम पनि थापाले थालिसकेका छन् ।

थापालाई भावी प्रधानमन्त्रीका रुपमा लिन पनि थालिएको छ । लोकप्रिय मतसहित महामन्त्रीमा निर्वाचित भएका थापाले आफूलाई प्रधानमन्त्रीको जबरजस्त दाबेदारका रुपमा प्रस्तुत गरेका छन् ।

काठमाडौं–४ ले ढिलो चाँडो प्रधानमन्त्री पाउने सम्भावना पनि छ । युवाहरूका बीच लोकप्रिय मानिने थापाले सबैलाई मिलाउने क्षमता राख्छन् ।

काठमाडौं–४ मा तेस्रो पटक उम्मेदवार बनेका थापासँग मतदाताको अपेक्षा पनि ठूलो छ । थापाले आफ्नो जितलाई सधैँ जनतासँग घुलमिल बनाउन चाहन्छन् । काठमाडौं–४ ले साधारण नेताका रुपमा थापालाई पाएको छ ।

Published : Friday, 2022 October 14, 11:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया