आत्मसमर्पण गरेको व्यक्तिलाई हथकडी लगाउन पाइन्छ ? के भन्छन् अधिवक्ता पोखरेल ?

काठमाडौं । अधिवक्ता सुनिल पोखरेलले आत्मसमर्पण गरेको व्यक्तिलाई हथकडी लगाउने कुरा प्रहरीले स्वविवेकको दुरुपयोग गरेको टिप्पणी गरेका छन् ।

आत्मसमर्पण गरेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर ल्याउने क्रममा हथकडी लगाएको विषयमा वादविदा भइरहेका बेला अधिवक्ता पोखरेलले हथकडी लगाउने वा नलगाउने प्रहरीको स्वविवेक रहेको बताएका छन् । उनले आत्मसमर्पण गरेको व्यक्तिलाई हथकडी लगाउने कार्यको घुमाउरो भाषामा विरोध गरेका छन् ।

अधिवक्ता पोखरेलले ट्वीट गरेर आत्मसमर्पण गरेको व्यक्तिलाई हथकडी लगाउने वा नलगाउने प्रहरीको स्वविवेक रहे पनि सन्दीप लामिछानेको हकमा प्रहरीले स्वविवेकलाई दुरुपयोग गरेको बताए ।

उनले अदालतको ईजलासमा थुनुवालाई हथकडी लगाउन कानूनले निषेध गरेको बताएका छन् ।

‘ईजलासमा हथकडी लगाउन कानूनत् निषेध छ’, अधिवक्ता पोखरेलले भनेका छन्, ‘तर बाहिर हथकडी लउने वा नलाउने कुरा प्रहरीको स्वविवेकभन्दा पनि थुनुवा भाग्न सक्ने वा नसक्ने अबस्थाको आकलनमा भरपर्छ ।’

‘आत्मसमर्पण गरेका थुनुवा भाग्न सक्ने आकलन गरी हथकडी लगाउनु स्वविकको दुरुपयोग हो’, उनले भनेका छन्, ‘यस्तो विभेदले अनुसन्धानमा प्रश्न उठ्न सक्छ ।’

Published : Friday, 2022 October 7, 12:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया