वंशको आधारमा यी ‘राजकुमार’ले टिकट खोजेपछि कांग्रेसभित्र बबाल

काठमाडौं । नेपाली कांग्रेसले प्रत्यक्षतर्फ टिकट वितरणको तयारी गरिरहेको छ ।

शीर्ष नेताहरुले टिकट वितरणका लागि गृहकार्य पनि गरेका छन् । टिकट वितरणमा सभापति शेरबहादुर देउवाले निकै सुझाव बुझका साथ निर्णय गर्नुपर्छ ।

देउवाले समानुपातिकतर्फको सूचीमा धेरै हदसम्म मिलाएका छन् । केही कुरामा कसैलाई चित्त नबुझ्नु स्वभाविक हो । तर, देउवाले अधिकांशलाई मिलाएर सूचीमा राखेका छन् ।

प्रत्यक्षतर्फ पनि टिकट वितरण गर्दा देउवाले आफ्नालाई भन्दा पनि राम्रालाई टिकट दिनुपर्नेछ । टिकट वितरणमा हुने असन्तुष्टिलाई कमजोर बनाउनुपर्ने बाध्यता पनि छ ।

गठबन्धनका कारण धेरै इच्छुकहरुले टिकट पाउने छैनन् । टिकट नपाउँदै गर्दा असहयोगको भावना राख्नु हुँदैन । तर, देउवाले टिकट वितरण गर्दा जुनियर र नेताका छोरा वा छोरीलाई टिकट दिने हो भने त्यो घातक हुनेछ ।

सभापति देउवाले नेताका छोरा वा छोरी या वंशका आधारमा पनि टिकट दिनु हुँदैन । वंशको आधारमा अहिले नै क्रियाशील सदस्यता पाउने, विभागमा बस्ने, सांसद पनि अहिले नै बन्न खोज्ने प्रवृत्ति उचित होइन । राजकुमार वा राजकुमारीहरुले वंशको आधारमा टिकट खोज्ने होइन । कांग्रेसले दिनु पनि हुँदैन ।

‘राजकुमार’ वा ‘राजकुमारी’लाई टिकट दिएर कांग्रेसले जित्ने पनि होइन । सिनियर नेताहरुको तेजोबद्ध गरेर टिकट बितरण गर्नु हुँदैन । सभापति देउवाले यो विषयमा ध्यान दिनुपर्छ ।

Published : Thursday, 2022 October 6, 10:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया