विद्या भण्डारीको अहँकारमा सुधार भएन, भुइँमा राखेर टीका लगाइदिइन्, गुरुको अपमान

काठमाडौं । एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले दशैँको टीका लगाउने क्रममा जुत्ता नखोलेर टीका र जमरा लगाएकी छिन् ।

बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा भण्डारीले टीका लगाउने क्रममा जुत्ता नखोलेको तस्बिरमा देखिएको छ । भण्डारीलाई गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालले टीका लगाइदिएका थिए ।

भण्डारीले आफूले टीका लगाएपछि गुरुहरुलाई पनि टीका र जमरा लगाइदिएकी थिइन् । आफू आलिशान सोफामा बसेकी भण्डारीले गुरुलाई भुँइमा बसालेर टीका लगाइदिएकी छिन् ।

भण्डारीले आफ्ना गुरुलाई समेत अमान गरेर टीका र जमरा लगाइदिएको भनेर सामाजिक सञ्जालमा आलोचना भएको छ ।

भण्डारीले पूर्वराजा राजौटाहरुको शैलीमा टीका लगाउने र लगाइदिने कार्य गरेको भनेर आलोचना भएका छन् ।

कम्युनिस्ट पृष्ठभूमिकी भण्डारीले सामान्य रुपमा प्रस्तुत हुनुपर्नेमा शान र शौकत देखाएकी छिन् ।

विगतमा पनि राष्ट¬«पति भण्डारीले दशैँको टीका र जमरा लगाइदिने क्रममा गरेको कार्यको आलोचना भएको थियो । तैपनि भण्डारीमा यस पटक पनि सुधार भएको छैन । भण्डारीको राष्ट्रपतिको पद फुत्किने चरणमा रहेका बेला पनि उनले आफूलाई सुधार गर्न सकेकी छैनिन् ।

Published : Wednesday, 2022 October 5, 6:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया